नरेन्द्र महताे गाैशाला २ माघ “सकरात्मक साेच नभएकाे कारण गाैशाला वजारमा विकास नभएकाे- भुतपुर्व उधाेग वाणिज्य संघकाे अध्यक्ष गिरीकाे भनाई “महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न ५ स्थित वजार एरिया पूरा दुरगन्धित बनेकाे छ ।
वजारमा रहेका नालाहरुकाे मरम्मत नभएकाे कारण नालाहरु वाट फाेहर पानी वजारमा फैलिएकाेले अाम सर्वसधारण लगायत व्यापारहरुकाे व्यवसाय गर्नेहरुमा बाधा पुगने गरेकाे छ ।पटक पटक सम्बन्धित निकायलाई ध्यान अाकार्षण गराए पनि कुनै ध्यान नदिएकाे व्यापारिहरुले गुनासाे गरे।
वजार एरिया अन्तर्गत रहेका सम्पुर्ण बाटाे घाटाे,नालाहरु झिर्ण अवस्थामा रहेकाेले वजार फाेहरमय बन्दै गईरहेकाे छ ।गाैशाला वजारकाे अाम्दानि वर्षकाे तिन कराेड रु.काे हराहारिमा रहेकाे वडा न. ५ का वडा अध्यक्ष धर्मेन्द्र साहले जनाए यसमा १ कराेड ५० लाख वजार ठेक्का बाट र वाँकि रकम मालपाेत, सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता बाट अाउने गरेकाे छ भने संघीय वजेट अलग बाट रहेकाे छ ।वजारमा नाला राम्रा र व्यवस्थित नभएकाे कारण वजार अाउनेहरुकाे कमि भईरहेकाे छ ।
यस वडा लाई वर्षकाे ४० लाख वजेट दिए पनि सबै ठाउँमा विकास गर्ने भएकाे कारण वडाकाे वजेट बाट वजारमा विकास सम्मभव नरहेकाे वडा अध्यक्ष साहले बताए। अर्काे तर्फ वजारमा विकास नभएकाेमा व्यापारी लगायत अाम सर्वसधारणहरु चिन्तित बनेका छन ।यस नगरपालिकामा १२ वटा वाडा कार्यालयहरु रहेका मध्ये सब भन्दा वढि कर तिर्ने वजार एरियाका वडा न.५ रहेका खाध व्यापारि विरेन्द्र कुमार सिंहले बताएका छन ।व्यापारिहरु तीन ठाउँमा कर तिरेकाे भए पनि वजारकाे अवस्था दिन प्रतिदिन धरासाहि बन्दै गईरहेकाेमा अासपासका अाम नगरिकहरु चिन्ति बनेका छन ।
एउटा काेठाकाे भाडा पाँच हजार देखि लिएर पचास हजार सम्मकाे भएकाे भए पनि अाम्दानि त्यति नभएकाेमा व्यापारिहरु पिरालिएका छन किन भने प्राःय व्यापारीहरु कुनै न कुनै बैंक वाट ऋण लिएर व्यापार व्यवसाय गर्दै अाईरहेका छन ,वैंककाे व्याज दर अकासिएका छन। पहिले गाैशाला वजारमा खरीद विक्रि गर्नेहरु विभिन्न जिल्ला लगायत सिमा क्षेत्र बाट भारतीय नागरीकहरु अाउने गरेका भए पनि भारत वाट अाएका नागरीकहरुलाई नेपाल प्रहरी तथा वाेर्डरमा वढि जाँच प्रताल गरेकाे कारण उनिहरु वजार अाउन छाडेका व्यापारी राम विनाेद साहले वताएका छन ।
गाैशाला वजारमा अाज सम्म कुनै नाैलाे राम्राे काम नभएकाे कारण वजारका स्तर दिन प्रति दिन तल्ल खसकिदै गईरहेकाे उधाेग वाणिज्य संघका भुत पुर्व अध्यक्ष राजा राम गिरिले बताए। वजारकाे विकास गर्ने हाे भने अर्जुन दृष्टिकाेण राखेर गरे मात्र सम्भव हुन्छ तर त्यस्ताे साेच गाैशाला नगरपालिकाकाे प्रमुखमा नपाईएकाे गिरिले बताए।