प्रदिप सिंह सिरहा १ माघ ।सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारी स्थित प्रहरी चौकी कचनारी बाट खटिएको प्रहरी टोलि बुधबार ५:३० बजेको समयमा सिरहाको बरियारपट्टी खटिएको प्रहरी टोली प्रहरी टोलिले लागूऔषधसहित दुई जना युवा लाई प्रहरीले पक्राउ गरेका छन ।
गस्ती प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको स.५ प.५२७५ नम्बरको मोटरसाइकल लाई चेक जाँच गर्ने क्रममा प्रतिबनध लागुऔषध लुकाई छिपाई लियाउने वेला सिरहा जिल्लाको लहान नगरपालिका १३ बस्ने वर्ष २४ को अमर यादव र मोटरसाइकलमा पछाडि एेसमै सवार गरेको बर्ष १८ को सुजीत यादव र मोटरसाइकललाई समेत र प्रतिबन्धित लागुऔषध नाईट्रभोट १३ पीस ट्याबलेट सहित अमर यादव र सुजीत यादव लाई प्रहरीले पक्राउ गरेको छ् ।
पक्राउ परेका दुईटै जनालाई लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएको र थप अनुसन्धान भइराखिएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख तथा एसपी उमा चतुव्ेदीले बताए ।