श्यामसुन्दर राम ,समाजवादी पार्टीका स्थानीय प्रभावशाली दलित नेता सप्तरी जिल्ला खड्क नगरपालिका वाडा नं. ३ गरुराहाका तिलक रामको असमायिक निधन भएको छ ।
दश महिनादेखि दुबै मृगौला र रगत उत्पादनमा समस्या देखिएपछि विभिन्न ठाउँमा उपचार गर्दै अाएका थिए । उपचारकै क्रममा काठमाडौंको टिचिंग अस्पताल हुँदै सप्तरी राजविराज सगरमाथा अंचल अस्पतालमा केहि महिनादेखि डायलेसीसी गर्दै अाएका थिए । उपचारकै क्रममा बुधबार विहान पाँच बजे एक्कासी शरिरको तापक्रम र श्वासप्रश्वास बढ्यो । त्यसको केहि सेकेन्डमै बुबाको मृत्यु भएको जेठो छोरा राजकुमार रामले जानकारी दिनुभयो । मृत्यु पश्चात् गाउँ नजिकै रहेको चापीन खोलामा दिनको तीनवजे समाजिक परम्परा अनुसार दाहसंस्कार भएको छ ।
गाउँमा दलितहरुमाथि गैरदलितहरुले जातीय विभेद लगायतका विभिन्न दमन गरेपछि २०३५ सालमा उहाँले सदभावना पार्टीको सदस्यता लिएर राजनीतिक जीवनको सुरुवात गरेका थिए । त्यसपछि नेकपा एमाले हुँदै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको संस्थापक सदस्यता लिएर जिल्ला कमिटी सदस्यको रुपमा फरक ढंगले अाफ्नो राजनीति जीवनको सुरुवात गरेका थिए । नयाँ शक्ति पार्टी र समाजवादी फोरमसँग पार्टी एकता भएपछि समाजवादी पार्टीको स्थानीय नेताको रुपमा स्थापित थिए ।
कुनै राजनीति अवसर नपाए पनि समाजमा पच्चीस वर्षदेखि उहाँको राजनितिक समाजिक जीवन कुशल रुपले अगाडि बढेको स्थानीय श्यामसुन्दर रामले बताउनुभयो ।