नरेन्द्र महतो महोत्तरी १ माघ / महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकाकाे चाैथाे गाउँपरिषद मंगलवार सम्मन् भएकाे छ ।७६/७७ काे लागि परिषद मंसिर २९ गते तेस्राे गाउँसभा भए पनि केही विवादकाे कारण सफल हुन नसकेकाे र पु:न संशाेधन गरि परिषदलाई बहुमतले पास गरेकाे सम्सी गाउँपालिका प्रमुख शेख फारुखले बताएका छन ।
परिषदमा अनुमानित बजेट ३७ कराेड ४६ लाख३९ हजारकाे अाय व्यय प्रस्तुत गरिएकाे छ । गाउँपालिकामा कर्मचारि तथा प्रशासकिय अधिकृतकाे नभएकाे कारण गाउँसभा समयमा हुन सकेन ।
अब गाउँ सभा सम्मन्न हुँदा समयमा सम्पुर्ण याेजनाहरुलाई कार्यवन्य गरि विकासकाे गतिमा प्रदेश न. २ काे नम्वर वन गाउँपालिका बनाउने प्रमुख शेखले प्रतिबद्वता जनाए र एक हप्ताकाे भित्रमा कर्मचारी,घर धनि , महीला अपांग ,वृद्व भत्ता,समाजिक भत्ता,पाेषण भत्ता लगायतकाे रकम निकासा गरेर वितरण गरिने शेखले जनकारि दिए।एक अर्काे प्रसंगमा पत्रकार सम्मेलन गरि सर्वाेच अदालतले गरेकाे निर्णय अनुसार जनप्रतिनिधिहरुकाे तलव ,भत्ता गाउँसभाले विनियाेजन नगरिएकाे जनाए ।
कार्यक्रममा गाउँपालिका प्रमुख शेख फारुख,उप प्रमुख नगीना देवि यादव, प्रशासकिय अधिकृत , वडा अध्यक्षहरु,कर्मचारि ,विभिन्न पार्टिका पार्टी प्रतिनिधि लगायत संचारकर्मीहरुकाे उपस्थिती रहेकाे थियाे।