प्रदिप सिंह पुष २९ सिरहा/सिरहाको अर्नामा गाउँपालिका ३ बाट ईलाका प्रहरी कार्यालय अर्नामा बाट खटिएको प्रहरी टोलिले सोमबार करीब २ हजार ८ सय १३ गाँजाको बिरुवा फडानि गरी नष्ट गरेको छ।
सिरहाको विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय अर्नामा बाट खटिएको गस्ती टोलिले सिरहाको अर्नामा गाउँपालिका ३ स्थित बालीबाट अबैध रूपमा लगाइएको गाँजा को बिरुवा करीब २ हजार ८ सय १३ उखेलेर स्थानीय बासीको रहोवर मा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक एसपी उमाप्रसाद चतुर्वेदीको अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म जारी रहनेछ।
गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रमुख प्रहरी उपरीक्षक तथा एसपी उमाप्रसाद चतुर्वेदीले बताए । नेपालमा एक केजी गाँजा १हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताएको छ भने भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे पाइन्छ।
नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा रोप्न रकम दिने गरेको बताएको छ।