नरेन्द्र महताे / गाैशाला महाेत्तरी २९ पुष। ईन्टरनेट सेवाकाे कारण विधालयमा पढाइ लेखाइ प्रभावित”- विधार्थीहरुकाे भनाई महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका अन्तर्गतमा रहेकाे सामुदायिक विधालयमा लगाईएकाे ईन्टरनेट सेवा बाट विधार्थीहरुकाे पढाई लेखाई प्रभावित बन्दै गईरहेकाे छ ।ईन्टरनेट सेवा सुचारु भए पछि शिक्षकहरु कक्षा काेठामा घन्टि लागे पछि दस मिनेट ढिलाे जाने र दस मिनेट अघि अाउने भएकाे कारण पढाई लेखाई प्रभावित भईरहेकाे विधार्थीहरु वताउँछन ।
गाैशाला नगरपालिका अन्तर्गत ३२ वटा सामुदायिक विधालय रहेका छन जस मध्ये पचिस वटा विधालयमा ईन्टरनेट सेवा सुचारु भईसकेकाे छ। ईन्टरनेट सेवा लगाएर विधार्थीहरुलाई शिक्षकहरुलाई विषयगत पुस्तक पढाउनमा कठिनाई उत्पन्न भएमा नेट वाट पता लगाएर सिकाउने मुख्य उदेश्य भएकाे नगर शिक्षा समितिका सदस्य भरत सिंह दाेषिले वताए तर धेरै विधालयहरुमा क्मप्युटर खरीद अहिले सम्म नभएकाे कारण शिक्षक शिक्षिकाहरुले नै त्यसकाे फाईदा उठारहेकाे मा. वि. का कक्षा दस का अध्यनरत विधार्थी नाम नबताउने शर्तमा भनेका छन र विधालयमा क्म्पयुटर भए पनि शिक्षकहरुले वढि भन्दा बढि माेवाईल बाट समाचार , गित संगित तथा फिल्महरु देख्नमा व्यस्त रहेकाे विधार्थीहरुले गुनासाे गरेका छन ।
सामुदायिक विधालय प्रति गाैशाला नगरपालिकाकाे शिक्षा शाखा लगायत सम्बन्धित निकायकाे ध्यान नगएकाे कारण सामुदायिक विधालय प्रति अाकार्षण घटदै गईरहेकाेमा अभिभावकहरु चिन्तित बनेका छन किन भने सबै अभिभावक एक खालकाे रहेकाे छैन।सरकारले जति बाेलेका छन त्यति व्यवहारमा लागू नभएकाे वडा न १२ का कान्तिवजारका अभिभावक सुरेश कुमार सिंहले बताए ।
अाज काल शिक्षकहरु पढाइ भन्दा वढि राजनितीकमा तर्फ ध्यान दिएकाे कारण पनि विधालयमा ईन्टरनेट सेवा सदुपयाेग भन्दा दुरपयाेग भईरहेकाे छ जब सम्म भातृरिक संगठन रहे सम्म कुनै संघ संस्थाकाे विकास असम्मभव रहेकाे सिंहले बताए ।
यता जुन विधालय कम्पुटर भए पनि शिक्षक अभावकाे कारण कम्पुटर पढाइ हुन नसकेकाे तर जहाँ शिक्षक प्रयाप्त भए पनि क्म्पुटर पढाइ नहुनु दुःखकाे कुरा हाे नगर शिक्षा समितिका सदस्य भरत सिंह दाेषिले बताए।सुधारकाे लागि नगरपालिका भरिकाे शिक्षक भेला गरेर पढाइ लेखाईमा कसरी प्रगति हुन सक्छ त्यसकाे बारेमा छलफल नभए सम्म शिक्षामा सुधार ल्याउन वडाे कठिनाई हुनेछ ।शिक्षा पेशालाई जागिर हाे ठानेकाे कारण शिक्षामा उन्नति र प्रगति नभएकाे सिंहले स्वीकार गर्नु भयाे ।
शिक्षकमा ईमान्दारीता हुनु अनिवार्य छ , शिक्षालाई पेशाकाे रुपमा नलिई धर्मकाे रुपमा स्वीकार गरेर पढाउँदा अबश्य नै शिक्षामा सुधार अाउने उनले वताए ।