शम्भु चौधरी लहान २९ पुस । पर्यटनलाई उधोगको रुपमा विबास गनर्स पछ प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बताएका छन् ।
सिरहाको लहानमा सोमबार भिजिट मधेश नेपाल सिरहाद्वारा आयोजित तराई मधेशमा पर्यटन प्रवद्र्घन सम्बन्धी अन्तक्रिया एवं भिजिट मधेश २०२० को उदघोषण कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मण्डललेस्थानिय पहिचानहरुलाई ग्लोबल बनाईनु पर्नेमा जोड दिएका थिए । मधेशको ऐतिहासिक, पुरातात्विक, प्राकृतिक सम्पदा, धार्मिक स्थल, पर्यटकीय स्थल बन जंगल, झरनालगायत प्रसिद्ध स्थल घुम्नुपर्ने रहेको बताए ।

आफनो संस्कृति आफनो भेषभुषा आफनो धरोहर जस्तै माता जानकीको जन्मस्थल जनकपुर, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी शान्तिको प्रतीक स्थल रहेको बताउँदै उनले मधेश पर्यटकीय स्थलको भण्डार रहेकोले भ्रमण नगरे नेपालको भ्रमण अधुरो हुने तर्क गरे ।
छिमेकी मुलुक भारतबाट बढ़ी पर्यटक मधेश आउने भएकोले भ्रमण वर्षमा मधेशमा नै पर्यटक भित्रिने अवस्थालाई हेरेर संघीय सरकारले भारतीय सवारी साधनमा प्रतिबन्ध लगाउने षडयन्त्र गरेको उनको आरोप छ । वर्षमा तीस दिन मात्र विदेशी सवारी साधन नेपाल आउन सक्ने गरी भन्सार नियम बनाइएको छ, यसरी एक वर्षमा बढिमा ३० दिन मात्र नेपालमा रहने सक्ने भएकोले विदेशी पर्यटकको उपस्थति न्यून हुने र प्रदेश सरकारको आर्थिक अवस्था कमजोर बन्न जाने भन्दै राज्यमन्त्री मण्डलले यस्ता किसिमका प्रावधान हटाउनुपर्ने मागसमेत गरे ।
प्रदेश सरकारले पर्यटन, कृषि र उद्योग गरी तीन आधार लिएर विकास गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले प्रदेशभित्र रहेका विभिन्न धार्मिक स्थल, पोखरी, तालतलैया, मठ–मन्दिर संरक्षण र प्रवर्धन गर्नेतर्फ लगानी गर्ने रणनीति प्रदेश सरकारले बनाएको जानकारी दिए ।
भिजिट नेपाल सिरहाका संयोजक शिव कुमार साहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, विशिष्ठ अतिथी भिजिट मधेशका ग्लोवल कोर्डिनेटर, प्रमोद राज सर्राफ, भिजिट मधेशका नेशनल कोर्डिनेटर ओम प्रकाश सर्राफ लगायत कार्यक्रममा विभिन्न क्षेत्रबाट आवद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।