आरोहण शाह वीरगञ्ज २९ पुष । वीरगंञ्ज महानगरपालिका वडा नम्बर २३ ईटियाहीका जादोलालको घरबाट सार्वजनिक पोखरीमा गाड्न बनाइएको पिलर आज उठाइएको छ । नेपाली काँग्रेसका नेता यादवले १५० वटा पिलर कार्तिक २५ गते देखि आफनो घरमा राखेका थिए । जसमध्ये ६९ वटा पिलर आज उठाइको छ । वडा समितीले बारम्बार पिलर फिर्ता माँग गर्दा समेत यादवले अटेर गर्दै आएका थिए । वीरगञ्ंज महानरपालिकाको बिशेष आदेश अनुसार तथा वडा प्रहरी कार्यालय श्रीपुरकोे सक्रियतामा सो पिलरहरु उठाइएको थियो ।

सार्वजनिक सम्पति व्यक्ति बिशेषले राखेको भन्दै ईटियावासीहरुले वडा र महानगरपालिकामा बारम्बार ताकेता गर्दै आएका थिए । सार्वजनिक पोखरीको कोषबाट १५० वटा पिलर निर्माण गरिएको थियो । वडा अन्र्तगत रहेको शिवमन्दिर सार्वजनिक पोखरीको कोषबाट निर्माण गरिएको पिलर स्थायिन जादोलालले आफनो नियन्त्रणमा राखेको गुनासो आएपछि सो पिलर उठाउन आग्रह गरिएको थियो तर यादवले पिलर दिन आनाकानी गर्दै आएको स्थानियले जनाएका छन ।
हिजो जिल्ला प्रहरी कार्यालय पर्सामा बिशेष छलफल पश्चात आज उक्त पिलरहरु जादोलाल यादवको घरबाट झिकाइएको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले जानकारी दिनुभयो । उहाँले १५० वटा पिलर मध्ये आज ६९ वट पिलर उठाएर ईटियाही धर्मशालामा राखिएको छ । बाकी रहेको ८१ वटा पिलरको खोजतलास भईरहेको जानकारी समेत दिनुभयो ।