इटहरी सूनसरीको इटहरीमा एक महिला करणीको शिकार बनेकी छिन् । आइतबार दिउसो सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा जवरजस्ती लगी दुईजनाको समूहले महिलालाई करणी गरेको खुलेको छ ।
महिलालाई ईटहरी ६ बस्ने सिटी सफारी चालक नरेश थारु र इटहरी ९ बस्ने नरेशका साथि सन्दिप चौधरीले सिटी सफारीमा बुढी खोला नजिक रहेको गोकुलम पार्क पछाडी एकान्त स्थानमा लगेर जवरजस्ती गर्दै गरेको अबस्थामा स्थानियले फेला पारेका थिए । स्थानियको सहयोगमा घटनास्थलबाटै दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए । सिटि सहित दुवैलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको र ‘दुबैजनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको निरीक्षक मानबहादुर श्रेष्ठले बताए ।