समाचार

गौशाला प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ

नरेन्द्र महतो महोत्तरी २६ पुष । महोत्तरीबाट विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोनमा गाँउपालिका वडा ४ का ३० वर्षीय हरिनारायण यादव र औरही नगरपालिका वडा ४ का ३६ वर्षीय रामनाथ यादव रहेका छन् । हरिनारायण हातहतियार खरखजाना मुद्दा र रामनाथ चोरी मुदाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत महोत्तरीले हरिनारायणलाई ७५ हजार र रामनाथलाई ८० हजार जरिवाना तोकिएको थियो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका हरिनारायणलाई गौशाला नगरपालिका–५ स्थित बजारबाट र रामनाथलाई औरही नगरपालिका–४ स्थित सेरा टोलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।