नरेन्द्र महतो, गौशाला २५ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेका सामुदायिक विधालयको शिक्षक, शिक्षिकाले पोशाक भत्ता लिएको भए पनि विधालयमा पोशाक लगाएर नगएको पाईएको छ । संघीय सरकारले प्रत्येक शिक्षकहरुलाई वर्षको दसहजार उपलब्ध गराई रहे ता पनि प्राः य जसो विधालयका शिक्षक ,शिक्षिकाहरु विधालयमा घरमा लगाएको लुगा लगाएर विधालयमा गईरहेको भेटिएको छ । यस नगरपालिका भित्र ३२ वटा सामुदायिक विधालयहरु रहेका छन ।
जसमा अधारभुत विधालय २३ वटा र मा. वि. विधालय ९ वटा रहेको नगर शिक्षा समितिका सदस्य भरत सिंह दोषिले जानकारी दिएका छन । हामिहरुको कारण नभएर केन्द्रमा पोशाकको विवाद भएको कारण स्थानिय तहमा रहेका शिक्षकहरुले कहिले काहीँ मात्र पोशाक लगाएर विधालय जाने गरेको सिंहले स्वीकार गर्नु भयो ।
सरकारले दिएको पोशाक भत्ता पैसाको चरम दुरपयोग भईरहेको वडा न. ५ का वुद्विजिवी जगदिश प्रसाद साहले बताए । विधालय पैसा कमाउने थलो होईन, यदि शिक्षकहरुले विधालयमा पोशाक लगाएर जाँदैन भने पोशाक वाला पैसा सरकारलाई फिर्ता गरेर असल तथा ईमान्दार शिक्षक कहलाउन साहले सुझाव दिनु भयो । सरकारले दशहजार व्याजमा लगाउन लागि शिक्षकहरुलाई नदिएको उनले रोष्ट प्रकट गरे । यता वालवालिकालाई पोशाक लगाएर विधालय आउन भने पछि शिक्षकहरु पोशाक लगाएर किन विधालय आउनु हुन्न अभिभावहरुले प्रश्न गरे, सर्व प्रथम अभिभावहरु सुध्रनु पर्छ यनि छोरा छोरि सुधरिएको हुन्छ तर विधालयका शिक्षकहरुले नै सरकारलाई ठगदै आएको छ भने विधार्थीहरु कसरी नैतिकतावान हुन सक्छ यो वडो दुःखको कुरो हो वडा न. १ बस्ने रामनगरका अभिभावक जितराज महतोले गुनासो गरेका छन यो रवैया गौशाला नगरपालिका भित्रका सामुदायिक विधालयका मात्र नभए अरु पालिकाहरु त्यस्तै रहेको छ यो सबैमा सुधार आउनु पर्छ उनको कथन थियो ।
जब सम्म आफुमा सुधारको भावना नआए सम्म कसैले भनेर सुधार हुन नसक्ने शिक्षा प्रेमीहरुका धारणा रहेका छन । मेयरले प्राःय जसो कार्यक्रममा शिक्षा प्रति धेरै चासो राखेको सुन्यो तर शिक्षक, शिक्षिकालाई किन पोशाक लगाएर विधालय आउनु हुन्न कहिले पनि नसुनेको मानवअधिकारवादिका सदस्यहरु प्रश्नन गरे । यदि मेयर पहिले शिक्षक,शिक्षिकाहरुलाई पोशाक लगाउन निर्देशन दिएको भए आज टिका टिप्णी हुने थिएन होला ।
पोशाक लगाउने वारेमा नगर शिक्षा समिति छलफल नै नभए पनि शिक्षकहरुको आफ्नो दायित्वय र नैतिकताको हिसावले पोशाक लगाउनु पर्थियो किन कि म पोशाकको लागि दसहजार प्रत्येक वर्ष लिने गरेको छु तर त्यसो नदेखिको शिक्षा शाखाका अधिकृत चन्द्र वहादुर खडकाले बताए । यो कुरा सर्व प्रथम विधालयका प्र. अ. हरुलाई नै विचार गर्नु पर्ने हो ।