नरेन्द्र महताे / गाैशाला महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकाकाे गेटमा तल्चाबन्दी भएका छन ।
सम्झाैता अनुसारकाे पटक पटक घर भाडा माँग गरे पनि गाउँपालिकाले कुनै चासाे नराखेकाे कारण तल्चा लगाउनु परेकाे घर धनी भरत यादवले बताएका छन अाफु गाउँ घर बाट ऋण लिएर भवन बनाएर गाँउपालिकालाई भाडामा दिएकाे तर अहिले भवन र जग्गा बैंकमा धिति राखेर ऋण लिई गाउँघर बाट लिएकाे ऋण चुक्ता गर्न खाेज्दा सम्झाैता पत्र र घर भाडा माँग गरेकाे तर कुनै चासाे नराखेकाे कारण बाध्य भएर ताल्ता लगाउनु परेकाे यादवले बताएका छन
अता शिक्षक र स्वास्थ्यकर्मी कर्मचारीकाे ६ महीना देखिकाे तलव नदिएकाे कारण विहिवार देखि स्वास्थय् कार्यालय बन्द गरि सि डि अाे कार्यालयमा निवेदन दिने प्रथामिक उपचार केन्द्र सम्सीका डा . रवीन मंडलले बताएका छन। अाफुहरुलाई छ महीना देखि तल्ल नदिएकाे कारण बाध्य भएर स्वास्थ्य संस्था बन्द गर्नु परेका छन ।
यस्तै सम्मसिया शिक्षकहरुकाे पनि रहेका छन उनी हरु पनि धर्णामा वसेकाे शिक्षकहरुले बताएका छन। गाउँपालिकालाई पटकपटक तलव माँग गरे पनि कुनै उपाय नदेखिएकाे कारण हरतालमा उत्रिनु परेकाे उनिहरुकाे भनाई छ ।अाफु अत्यअधिक गरीव कर्मचारि तलवकाे पैसामा अश्रित भएकाे र बाल वच्चाहरुलाई स्कुलकाे किताब कापि पनि किन्न नसकेकाे अवस्था रहेकाले गाउँपालिका अध्यक्षलाई अाग्रह गरे पनि अाज भाेलि नगर सभाकाे वैठक भए पछि तलव उपलब्ध गराउने अनुशासन दिए पनि अाज सम्म केही नगरेकाे नाम नबताउने शर्तमा एक कर्मचारिले गुनासाे गरेका छन र गाउँपालिका प्रति रुष्ट पनि भएका छन ।
यता गाउँसभा गएकाे२०७६/८/ १९ गते भए पनि प्रमुख फारुक शेखले सहि छाप नगरेकाे कारण गाउँसभा अलपत्रमा परेका छन जसकाे कारण घर धनी र कर्मचारीहरुले तलव नपाएका उप प्रमुख नगिना देवि यादवले वताईन । यसमा गाउँपालिकाकाे प्रमुख फारुख शेखले नगरसभा पास नगरेकाे कारण कर्मचारि देखि लिएर वृद्व,वालवालिका काे पाेषण भत्ता,अपांगहरुकाे भत्ता लगायत विकासकाे काम अवराेध हुन पुगेकाे उप प्रमुख नगीना देविले प्रमुख माथि अाराेप लगाएका हुन ।सबै सदस्यहरुले सहि छाप गरे पनि प्रमुखले किन सहि छाप नगरेकाे अाफु पनि बुझ्न नसकेकाे यादवले वताईन ।
हामी जनताकाे प्रतिनिधि भएर पनि जनताकाे समयमा काम नगरेकाेले अाफुलाई पछुताे लागेकाे भए पनि प्रमुख शेखलाई यसकाे कुनै असर नपरेकाे जस्ताे लागेकाे यादवले बताईन । स्थानिय तह लाई अति अधिकार दिएर सरकारले गल्त गरेकाे स्थानियहरुले टिप्णी गरेका छन याे अाज यस्ताे भएका छैन जुन दिन देखि अधिकार दिएकाे त्यहि दिन देखि सम्सी गाउँपालिकामा रहेका कर्मचारीहरुले अाज सम्म विना हडतालकाे तलव नपाएकाे विभिन्न दलका स्थानिय नेताहरुले बताएका छन ।