काठमाडौँ, २४ पुस । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । हिजोदेखिको वर्षाले उच्च हिमाल भेगमा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।
वर्षा र हिमपातका कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
गत मंगलबारबाट बदली भएको मौसममा सुधार नहुँदा जनजीवन कष्टकर बनेको छ । मध्य र पुर्वी भागमा भोलि पनि बर्षा र हिमपात हुने महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ ।दैनिक नेपालबाट