• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको राजविराजमा पत्नीलाई खुकुरी हानेर हत्या प्रयास

नेपाल पोस्ट दैनिक
    January 8, 2020  मा प्रकाशित

Spread the love
      

सप्तरी, २३ पुस । नागरिकता बनाई दिन माग गर्दा सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१२ दमाबतीटोलकी २८ वर्षीया लक्ष्मी यादवमाथि मंगलबार दिउँसो उनकै पति महिनारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् ।

लक्ष्मी तरकारी बारीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका महीनारायणले तँ नागरिकता बनाइदिन भन्दै टेन्सन दिन्छस् भन्दै खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ । उनलाई स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

लक्ष्मीको जिउभरसमेत निलडाम देखिएको छ । खुकुरी प्रहारबाट लक्ष्मी खेतमै ढलेपछि मरेको ठानेर महीनारायणले नजिकैको नहरमा खुकुरी फाली फरार भएका थिए । पूर्वप्रहरी समेत रहेका लक्ष्मीका पति महीनारायणले केही महिनाअघि मात्र दोस्रो विवाह गरका थिए ।

उनको टाउको र घाँटीमा ३६ वटा टाँका लगाइएको छ । अवस्था गम्भीर बन्दै गएपछि परिवारजनको आग्रहमा थप उपचारका लागि रेफर गरिएको उनको उपचारका संलग्न डा. प्रमोदकुमार यादवले जानकारी दिए ।

लक्ष्मीसँग विवाह भएको १० वर्षबढी भइसक्दा पनि नागरिकता बनाइ नदिएको तथा अर्को विवाह गरेपछि सशंकित बनेकी लक्ष्मीले पटकपटक नागरिकता बनाइदिन दबाब दिँदै आएकी थिइन् ।

यसबारे गाउँमा पटकपटक बसेको पञ्चायतमा महीनारायणले लक्ष्मीको नागरिकता बनाइदिने कबोल गरे पनि आलटाल गर्दै आएको स्थानीयले बताए । सोही विषयमा लक्ष्मीले मंगलबार पनि गाउँमा कुरा उठाउने तयारी गरिरहँदा आक्रोशित बनेका महिनारायणले हत्या प्रयास गरेको स्थानीयको भनाइ छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑