काठमाडौं २२ पुस । सन् २०२० को पहिलो चन्द्र ग्रहण जनवरी १० (पौष २५ गते) लाग्दैछ । यस वर्षको पहिलो चन्द्र ग्रहण र श्री स्वस्थानी व्रतकथा एकै दिन सुरु हुने भएको छ ।
यस वर्षको पहिलो चन्द्र ग्रहण पुष २५ गते शुक्रबार राति १०ः५२ बजेदेखि सुरु हुनेछ । २०२० को पहिलो चन्द्र ग्रहण राति २ः५७ मा अन्त्य हुनेछ ।
पहिलो चन्द्र ग्रहण ४ घण्टासम्म लाग्नेछ । उक्त ग्रहणलाई नेपालबाट समेत देख्न सकिने छ । त्यस्तै युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट समेत उक्त चन्द्र ग्रहण देख्न सकिने छ ।
पहिलो चन्द्र ग्रहणको दिनमा पौष पूर्णिमाको व्रत समेत परेको छ । पौष पूर्णिमाको दिनमा श्री स्वस्थानी व्रतकथा सुरु हुन्छ । ग्रहण र पौष पूर्णिमा एकै दिन भएकाले समेत २०२० को पहिलो ग्रहणलाई महत्वका साथ समेत हेरिएको छ ।
स्मरणीय होस्, सन् २०२० कुल ६ वटा ग्रहण लाग्दैछन् । यसमध्ये २ वटा सूर्य ग्रहण र ४ वटा चन्द्र ग्रहण हुनेछन् । साझा पोष्टबाट