• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्राविधिकि शिक्षाले मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा कार्यान्वयन हुने , मुख्यमन्त्री राउत

नेपाल पोस्ट दैनिक
    January 7, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २२ पुस । लहानको जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव तथा नवनिर्मित प्रमेश्वर मुरारका विज्ञान प्रयोगशालाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले प्राविधिक शिक्षा नै आजको आवश्यकता रहेको बताउनु भएको छ । लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव तथा नवनिर्मित प्रमेश्वर मुरारका विज्ञान प्रयोगशाला भवनको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै वहाले यस्तो बताउनु भएको हो। प्राविधिकि शिक्षाले मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा कार्यान्वयन हुने बताएका छन् । परम्परावादी अप्राविधिक शिक्षाले प्रदेश २ को समृद्धि संभव नहुने भन्दै प्रत्येक विद्यालय,क्याम्पसमा प्राविधिक शिक्षा लागु गर्ने तयारीमा रहेको बताउनु भयो।

प्रविधि र सिप विनाको शिक्षाका कारण संसारको विभिन्न मुलुकमा रहेका नेपालीहरुले स्तरीय रोजगार समेत पाउन नसकिरहेकोले तिनै तहका सरकारले प्राविधिक शिक्षामा जोड दिए मुलुकको समृद्धि निश्चित रहेको वहाँले ठोकुवा गर्नु भयो ।
विकासको आधार नै शिक्षा हो । सामुदायिक विद्यालय,क्याम्पस र अस्पतालहरुको सुधारको लागि प्रदेश सरकारले ऐन ल्याउन लागेको उहाले बताए।

यसै बीच कार्यक्रममा प्रदेश २ सरकार परिवर्तनको संकेत गर्दै उहाले मुख्यमन्त्री पदमा म रहे पनि वा नरहे पनि अरु कुनै पार्टीको सरकार आए पनि बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिनु पर्ने गरी प्रदेश सरकारले आधार निर्माण गरिसकेको भन्दै प्रदेश २ मा प्रत्येक वर्ष जन्मिने २५ देखि २६ हजार छोरीहरुलाई प्रभु बैंकबाट २० वर्षमा एकलाख १५ हजार पाउने रकम थोरै भएकोले यसलाई वढाएर वीस वर्षमा २० लाख कसरी बनाउने यसको लागि समेत आफू लागि परेको बतायनु भयो ।
जेएस मुरारका क्याम्पसको अवस्था सन्तुलित रहेकोले विश्वविद्यालय र कृषि विज्ञान अध्ययनको पढाई संचालन गरे प्रदेश सरकारले सहयोग गर्ने प्रतिवध्ता जनाए।

यसै बीच विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य लगनलाल चौधरी,अशोक कुमार यादव र दिलिप साहले सामूहिक रुपमा क्याम्पसलाई प्रदेश २ कै नमूना क्याम्पस बनाउन मुख्यमन्त्री राउतको ध्यान आकर्षण गराउनु भयो । क्याम्पसलाई शैक्षिक हवको रुपमा विस्तार गर्न सदैव तत्पर रहने विश्वास दिलाउनु भयो।
त्यस्तै लहान नगरपालिका नगर प्रमुख मुनि साहले पनि विशिष्ट अतिथिको आसनबाट बोल्दै लहान क्याम्पसको भौतिक र शैक्षिक विकासको लागि नगरपालिका सक्रिय रहदै प्राथमिकताका साथ सहयोग गरिरहेको र गरिरहने बताउदै जेएस मुरारका क्याम्पसलाई यहा सम्म पुर्याउन अतुल्य योगदान दिनुहुने संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु लाई शुभकामना तथा धन्यवाद ज्ञापन समेत गरका थिए ।

लहान क्याम्पसको २२ कोठे भवन र नव निर्मित विज्ञान प्रयोगशाला भवन निर्माणमा दुई करोड भन्दा बढी लगानी गरेका दाता मुरारका परिवारका मानार्थ अध्यक्ष मुरारी मुरारका लगायत मुरारका परिवारका पशुपति मुरारका,शालिनी मुरारकाले यस कयाम्पसको विकासको लागि अझै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउदै लहान राम कुमार उमा प्रसाद स्मारक अस्पतालको अवस्थाको बारे चर्चा गर्दै चिन्ता व्यक्त गरेका थिए । मुख्यमन्त्री राउतलाई अस्पतालको अवस्थामा चासो लिन समेत ध्यान आकर्षण गरउनु भयो ।

क्याम्पस प्रमुख तुलसीराम पोखरेलले २०४४ मा स्थापित यस क्याम्पसको गतिविधि र आगामी योजनाहरु प्रस्तुत गर्दै सामुदायिक क्याम्पसमा लहान क्याम्पस उत्कृष्ट हुनु र विश्व विद्यालय अनुदानबाट गुणसतरीय चिन्ह क्यु ए ए प्राप्त गरेर विश्वविद्यालय संचालनको लागि बाटो खुलेको जानकारी दिनुभयो।

संचालन समितिका अध्यक्ष राम सुन्दर चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसको भौतिक र शैक्षिक विकासका लागि सामाजिक उतर्दायित्व निर्वाह गर्दै आइरहेका सिद्धार्थ बैंक लिमिटेड प्रदेश २ प्रमुख हरि प्रसाद तिमल्सिना र लहान शाखाका प्रवन्धक राम प्रमोद यादवले संयुक्त रुपमा क्याम्पसलाई एक लाखको चेक हस्तान्तर्ण गरेका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑