बिजय कार्की पुस २१ उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजार स्थित सगरमाथा राजमार्ग अन्तर्गतको गाइघाट तिक्तेल सडक खण्डमा कालोपत्रे गर्ने काम धमाधम हुँदै गएको छ।
त्रियुगा नदिको पुल देखी गाईघाट बजार मुख्य चौक सम्मको सडक कालोपत्रेको ८० प्रतिशत काम सम्पन्न भएको गाइघाट दिक्तेल सडक योजना शाखा प्रमुख पशुपती ज्ञवालीले जानकारी दिनु भयो ।ज्ञवालीका अनुसार गाईघाट बजार भित्र पर्ने ४ मिटर लम्बाई र २५ मिटर चौडाई रहेको सडकको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेका हो ।
१० करोड बजेटबाट सडक स्तरोन्नतीको काम सुरु भएको हो ।
सुर्य कन्ट्रक्सनले २०७३ जेठमा ठेक्का लिएको सडक स्तरोन्नती तथा कालोपत्रेको काम सोही बर्षको कार्तिक महिनाबाट सुरु गरेको थियो। २ मिटर लम्बाई २ मिटर उचाई सहित सडकको दुबै पट्टि नाली निमार्ण गरिएको र २ मिटर ‘मिड स्ट्रिट’ सहितको सडक कालोपत्रेको काम दु्रत गतिमा भईरहेको सडक डिभिजन कार्यालय गाईघाटका सुचना अधिकारी निज्जन श्रेष्ठले जानकारी दिनु भएको छ ।

हाल सडकमा रोलिङ गर्ने काम भईरहेकाले मंसिर महिना भित्र कालोपत्रेको काम सकिने डिभिजन कार्यालयले जनाएको छ । सडक समयमै कालोपत्रे हुन नसक्दा दैनिक बजार क्षेत्रमा आवातजावत गर्न सकस हुने गरेको त्रियुगा नगरपालिका ३ मोतिगडाका स्थानीय सुमन बुढाथोकीले बताउनु भयो ।
ब्यबस्थीत सडक, सवारीसाधन लाई सहज
गाइघाट बजार मुख्य चौक देखी त्रियुगा नदीको पुल सम्मको सडक कालोपात्रेको काम तिब्रता पाए सँगै सवारीसाधनहरुलाई सहज भएको अटो चालक अमृत परियार बताए। सडक स्तरोन्नती भएसँगै सहज आवतजावत सहज हुने भएपछि स्थानियबासीहरु हर्षित भएका छन ।
पुर्व निर्धा्रित समयमा निर्माण कार्य सम्पन्न नहँुदा पानि पर्दा हिलो र घाम लाग्दा धुलोले असहज भएको स्थानिय ब्यापारी कुमार राईले गुनासो गरे । ठेकेदारले समयमै काम नसकी बिचमै छोडेर भागेपछि सम्झौता १ बर्षका लागि थपिएको थियो । मंसिर महिनामै काम सक्ने भनिता पनि अझै केहि समय लाग्ने गाइघाट दिक्तेल सडक योजना शाखा प्रमुख पशुपती ज्ञवालीले बताउनुभयो ।