२१ पुस । सिड्नीबाट करिब ६५० किलोमिटर टाढा रहेको वाजेट शहर यतिबेला खडेरीको कडा संघर्षमा गुज्रिएको छ । जुन स्थानीयको जीवित स्मृतिमा अहिलेसम्मकै सबैभन्दा ठूलो खडेरी यही साल भएको हो । त्यहाँ पछिल्लो सय वर्षमा औषत् ३ डिग्री सेल्सियसमा तापक्रम बढेको छ ।
खेतका गराहरु खडेरीले चिरा परेका छन् । सोही खेतमा पानी लगाउन बग्ने खोलाका बाँध र तालहरू प्रायः सुक्खा र खाली छन् । यो एक उजाड अवस्थाको परिदृश्य हो, जुन दृश्य नजिकैका शहरहरूले केही समयदेखि देखिरहेका छन् । डरलाग्दो बाढी आउने क्विन्सल्याण्डका केही भागमा अहिले पनि आगलागीको समस्या चुलिएको छ । सबै यही खडेरीको दुस्चक्रमा फसेका छन् ।
