प्रदिप सिंह लहान २१ पुष। सिरहाको लहान नगरपालिका ३ अबस्थित रहेको सप्तऋषि अस्पतालमा चौबीस घण्टा नपुग्दै चार जना नवजात शिशुको मृत्यु भएको छ । पौष १८ गते शुक्रबार देखि १९शनिबार सम्ममा चार जनाको मृत्यु भएको पीडितहरुले बताएका छन् ।
दुई जना नरमल र दुई जनाको अप्रेसन भएर भएको बच्चाहरु मध्ये चारै जन्नाको छोरा बच्चा रहेको थियोे । मृत्यु हुनेमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – ३ टोल दिनाजपुरका जानकी यादबको छोरा , औरही गाउँपालिका वडा नम्बर -१ दरैहिया टोलका प्रमिला यादवको छोरा रहेको पीडितका पति लालबहादुर यादवले बताए ।
पीडित यादवका अनुसार दुबै जनाको अप्रेसन भएका थिए । त्यसैगरि सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर ३ का संगिता शाहको नरमल बच्चा भएर डकटर र अस्पतालका कर्मचारीको लापरबाहीको कारणले मृत्यु भएको पीडितका पति मनोज साहले बताए । एक जनाको नर्मल बच्चा भएर खेर गएको र उनलाई सम्झाई बुझाई घर पठाई दिएकोले उनको नाम खुल्न नसकेको उनीहरुले भने । यता नाम न खुलेका एक जनाको विषयमा प्रत्यक्ष बुझ्न खोज्दा अस्पताल स्रोतले केही जनकारी दिन खोज्दैन ।

सो बिषयमा जानकारी लिन हिजो सिरहाका प्रमुख जिल्ला अधिकारि गोपाल प्रसाद अधिकारी आफै पनि अस्पताल पुगेका थिए । पीडित पक्षको भनाई अनुसार लाईसन्स नभएको डाक्टरले अप्रेसन गरेका थिए यो घटनामा सरासर अस्पतालकै लापरबाही रहेको उनिहरुले भने । रातीमा सो अस्पतालमा धेरै लापरबाही हुनेगरेको भन्दै उनीहरुले भने ड्युटीमा रहेको कर्मचारीहरु मस्त निन्द्रामा रहने गरेको पीडित पक्षको भनाइ रहेको छ ।
अस्पतालको संचालक र अप्रेसन गरेको नाम न भन्ने ती डाक्टरलाई कानुन बमोजिम कार्बाही नगरेसम्म र अस्पताल प्रसाशनलाई सुधार नगरेसम्म आफुहरु आन्दोलित हुने एक जना पीडितका पति ओपिन्द्र यादवले भने । यता अस्पताल संचालक डाक्टर पशुपति चौधरीले अप्रेसन गरेको डाक्टरको लाईसन्स रहेको दाबी गरे । अस्पतालबाट गल्ती भएको उनले स्विकार्दै अब देखि यस्तो गल्ती नगर्ने भन्दै पीडितहरु संग मिल्न खोजिरहेको पीडितहरुले बताएका छन् ।