• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान सडक कार्यालयको घटना, गुण्डा प्रयोग गरी फसाएको आरोप

नेपाल पोस्ट दैनिक
    January 5, 2020  मा प्रकाशित

Spread the love
      

लहान, २० पौष । डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद साहलगायत तीन कर्मचारीलाई ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले ६ लाख जरिवाना काटिएपछि गुण्डा लगाएर कुटपिट गरेको खुलासा भएको छ ।
वल्ड वाईड राम सागर जे.भि.का प्रतिनिधि राम पौडेललगायत १५÷२० जना नकाबधारी गुण्डा शैलिमा पौष १८ गते डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद साह, ईन्जिनीयर नविनकुमार साह र सब ई.बिरेन्द्रकुमार साहलाई क्र्वाटरमा जबरजस्ती पैसा थमाउँदै कुटपिट गरेको छ ।
घटनाका प्रत्यक्षदर्शी ई.नबिनकुमार साहको पत्नी सन्नु साहले ‘मेरो पति ईन्जिनीयर नविनकुमार साहलगायत यसै कार्यालयका निमित्त प्रमुख बिनोदकुमार साह र सब ई. बिरेन्द्रकुमार साहलाई वल्ड वाईड राम सागर जे. भि.का प्रतिनिधि राम पौडेल लगायत १५÷२० जना नकाबधारी गुण्डा शैलिमा कुटपिट गरेका छन् ।’ ‘ठेकेदार पौडेलपक्षका गुण्डाहरुले कार्यालयका क्वार्टरमा रहेका ई.नबिनकुमार साह र बिरेन्द्रकुमार साहलाई झोलामा ल्याईएको रकम हातमा थमाउदा नमानेपछि निर्घात कुटपिट गरी क्वार्टरमा रहेको फर्निचर तोडफोड सहित महिला तथा वालबालिकालाई कुटपिट गरेको छ ।

’ ‘रकम नसमाते पछि सो रकम क्वार्टरमै फालेर गुण्डाहरु भागेका थिए’ सुत्केरी सन्नु साहले बताइन् । सन्नुकी बच्चा भएको तीन दिन भएको छ । उनी भन्छिन् ‘बचाउँन खोज्दा गुण्डाहरुले मलाई पनि कुटेको छ ।’
त्यस लगतै कार्यालय प्रमुखको क्वार्टरमा गएर ति गुण्डाहरुले हातपात गर्दै त्यहाँ पनि पैसा समात्न लगाउदा कार्यालय प्रमुख साहले पैसा समात्न असमर्थ गर्दा त्यहाँ पनि फालेर गुण्डाहरु भागेका थिए । यस लगतै प्रहरीसहित अख्तियारका टोली आएर बिना मुचुल्काकै ईलाका प्रहरी कार्यालय लहान लगेको सन्नु साहले बताइन् । निज ठेकेदारले समयमा निर्माण कार्य नसकेकोले कार्यालयले सो को वापत जरीवाना ६ लाख काटिएको हँुदा रिसिबिले गुण्डा प्रयोग गरी सुनियोजित (योजनाबद्ध ) तरीकाले फसाएको जारी विज्ञप्तीमा उल्लेख छ ।

यसरी गुण्डागर्र्दी ढंगले कुटपीट गर्ने ठेकेदार सहितका गुण्डाहरुलाई कार्बाहीको माग गर्न र घटनाको निष्पक्ष छानबिन गर्न सरोकारबाला निकायसंग नागरिक समाजले लहानमा गरिएको कोणमा माग गरेको छ । उक्त घटना मिति २०७६ पौस १८ गते शुक्रवार बेलुका ६ बजेतीर सडक डिभिजन कार्यलयको प्राङ्गणमा भएको हो । कोणसभामा नागरिक समाजका जयनारायण यादव, मनोज यादव, भरत साह, शिला साहलगायतले मन्तव्य राखेका थिए ।नवसंग्राम दैनिक ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑