लहान २० पुस । जाडो बढेसँगै शितलहरको कहर झेलिरहेको प्रदेश २ अहिले अविरल मनसुनले हिलाम्मे बनेको छ । अविरल मनसुनले जनजीवन प्रभावित बनिरहँदा मनसुनकै कारण करोडौँ लगानी गरेर बनाइएका र जिर्णोद्वार गरिएका प्रदेश २ का अधिकांस भित्रि सडकहरु खाल्डाखुल्डीमा पानी भरिएर हिलाम्मे बन्दा ग्रामीणबासीहरुलाई हिँडडुल गर्न समस्या भएको छ ।
माल बाहक सवारी साधनहरु हिलाम्मे बनेका सडकहरुमा गुड्न सकिरहेका छैनन भने मोटर साइकलमा ओहोर दोहोर गर्न समेत कठिनाई हुने गरेको छ ।
स्थानिय तहको निर्वाचन पछि प्रदेश २ मा बग्रेल्ति ग्रामिण सडकहरु बन्न थाले । स्थानिय तहले उपभोक्ता समिती मार्फत बनाईएका कच्चि सडकहरु स्तरहिन हुँदा सामान्य मनसुनमा पनि हिलाम्मे बन्ने गर्छन् । अधिकांश सडकहरु ढल बिना नै बनाइँदा सडकमै पानी जमेर हिलाम्मे बन्दा आवतजावतमा समस्या पर्ने गरेको समाजवादी पार्टीका युवा नेता विजय यादवको भनाई छ ।
सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं.५ पत्थरगाडाका स्थायिबासी यादव भन्छन् , ‘धेरै नाफा खाने परिपाटीले उपभोक्मता समिती मार्फत स्थानिय तहले बनाएका अधिकांश ग्रामीण सडकहरुमा ढल नबनाइंदा सामान्य मनसुनमै हिलाम्मे बनेर कामै नलाग्ने अवस्थाका हुन्छन् ।’
गत आर्थिक बर्षमा प्रदेश २ मा स्थानिय तहहरुविच ग्रामिण सडक बनाउने प्रतिस्पर्धा नै चलेको थियो । आर्थिक बर्ष सकिन लाग्दा हतारमा बनाईएका अधिकांस ग्रामिण सडकहरु स्तरहिन बन्न पुगेको जानकारहरु बताउँछन् ।
ग्रामिण सडकको नाममा प्रदेश २ का आठै जिल्लाका स्थानिय तहले अरव बढि खर्चिएको अनुमान गर्छन् सिरहाका पुर्वाधार तथा विकास कार्यालयका डि राजेश लाल कर्ण । प्रदेश २ का प्रतिनिधी सभा र प्रदेश सभाका सांसदहरुले पनि संसदिय कोषको धेरै पैसा सडक निर्माणमा खर्चिदै आएका छन् ।
प्रदेश २ का अधिकांस ग्रामिण सडक स्तरहिन बनेको स्विकार्छन् जिल्ला समन्वय समिती सिरहाका उपसभापती सरोज यादव । उपसभापती यादवका अनुसार संविधानले जिल्ला समन्वय समितीलाई स्थानिय तहले गरेको विकास निर्माणको अनुगमन गर्ने अधिकार दिए पनि प्रदेश २ सरकारले कानुन बनाउन नसक्दा जिल्ला समन्वय समितीले आधिकारीक रुपमा अनुगमन गर्न सकिरहेको छैन ।
उनी भन्छन्, ‘अन्य प्रदेशले कानुन बनाएर जिल्ला समन्वय समितीलाई अनुगमन गर्ने अधिकार दिए पनि प्रदेश २ मा भने कानुन बन्न नसक्दा जिल्ला समन्वय समिती काम विहिन बन्न पुगेको छ ।’राजधानिबाट