लहान १९ पुस । प्रहरीले सिरहाबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ का २९ वर्षीय गोपिन्दर कामैत र वडा नं. १ का २२ वर्षीय चन्दन चौधरी रहेको सिरहा प्रहरीले जनाएको छ।
दुवै जनालाई लहान नगरपालिका वडा नं. ३ सिंग्राहीबाट लागुऔषध फेनरागन १० एम्पुल, नोर्फिन ११ एम्पुल, डाईजील्याव ११ एम्पुलसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ । देश सञ्चारबाट