सचिता सिंह सिरहा १५ पुस । सिरहाको लहानमा मानव अधिकार रक्षकका लागी मिडिया साझेदारी कार्यक्रम सम्पन्न भको छ । प्रदेश नम्बर २ मा मानव अधिकारको अबस्था , चुनौतीका विषयमा कार्यक्रम सम्पन्न भएको हो।
प्रदेश नम्बर २ का अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको कार्यालय जनकपुरले यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको प्रमुख अतिथि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रदेश नम्बर २ को संयोजक राजु पासवानको प्रमुख आतिथ्य रहेको थियो ।
प्रदेश नम्बर २ मा मानव अधिकारको घटनाहरु नियुनिकर गर्न इन्सेकले आथिक समाजिक र सान्स्कृतिक कुराहरु पत्रकार र मानवअधिर कर्मी बीच छलफल कार्यक्रम भको हो ।प्रदेश २ मा अध्यन र अनुसन्धानमा मुल १६५ घटनाहरु अभिलेखमा उल्लेख रहेको छ ।
उक्त घटना मधये महिला र बालबालिकाहरु बढी पीडित रहेको प्रदेश संयोजक पासवानले बताए ।