शम्भु चौधरी लहान १५ पुस । अनौपचारीक क्षेत्र सेवा केन्द्र प्रदेश २ जनकपुर कार्यालयले सोमबार गरेको मिडिया साझेदारी बैठकमा अहिले सम्म प्रदेश २ मा ६ सय ५० वटा घटना भएको सार्वजानिक गरेको छ ।
बालात्कार, बहुविवाह,जातिय छुवाछुत, बाल यौन हिंसा, महिला हिंसा जस्ता घटना रहेको छ । जस मध्ये सबभनदा बढी महिला तथा बालबालिकामा भएको यौनजन्य घटना र राज्य सताबाट ३ जनाको घटना भएको अनौपचारीक क्षेत्र सेवा केन्द्रका प्रदेश २ का अध्यक्ष राजु पासमानले बताएको छ ।
मानव अधिकार रक्षकका अधिकार तथा प्रदेशको मानव अधिकारको अवस्था विषयलाई लिएर प्रदेश स्तरमा कसरी मानव अधिकारकर्मी र संचारकर्मीहरुसंग समन्वय गर्ने उद्देश्य राखी यस्ता बैठक वर्षमा २ पल्ट गर्ने गरेको कार्यक्रम बिच अध्यक्ष पासमानले जानकारी गराउनु भयो ।
कार्यक्रममा अधिकारकर्मीहरुले आ आफना अन्ुभवहरु समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै अधिकारकर्मी बिनोद बिसुन्केले भनु भयो छुवाछुतका घटनाहरु दिनानुदिन बिकराल रुपमा बढदै गएको अवस्था देखिन्छ यस्ता खाले मुद्दालाई जोरदार रुपमा हामी सबै मिलि उठाउनै पर्नेमा बहाँको जोर थियो ।
यसै सन्दर्भमा अर्का अधिकारकर्मी सुनिल कुमार साहले भनु भयो नागरीक समाज निष्क्रिय देखियो स्थानिय तहमा रहेको न्याय समितिको त्यति जवाफ देहिता देखिएन । बलात्कारको घटना बढेको होईन, रिपोटिंग बढेको हो । कानून र समाजको अन्तर द्धन्द्धलाई हामी सर्ब मिलि चिरफार गर्न आवश्यक देखिने वहाँले तर्क दिनु भयो ।
कार्यक्रममा दुर्गा परियारले प्रदेश २ मध्ये सिरहाको डाटा प्रस्तुत गर्नु भएको थियो जस मध्ये १ सय बटा घटना घटेको बताए । बलत्कारका ४८ (१८ बालबालिका ३० महिला), १५ बहु बिबाह, २ जातिय छुवाछुत, २ बाल यौन हिसाँ जस्ता अन्य घटना रहेको वहाले बताए ।
कार्यक्रममा अधिकारकर्मी देवराज पोखरेल, रेनु कर्ण, उमेश विसुन्के, नेपाल पत्रकार महासंघ शाखा सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले पनि आफना धारण व्यक्त गरेका थिए ।
बैठक अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश २ जनकपुर कार्यालयले आयोजना गरेको थियो ।