मुख्य समाचार

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुनुपर्ने : नेता कोइराला

मोरङ १४ पुस, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन हुनैपर्ने बताए ।

रामचन्द्र पौडल समूहको बहिस्कारका बीच ११ पुसमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य डा. कोइरालाले अब महाधिवेशनको मिति सार्न नहुने बताए । उनले सबै नेता-कार्यकर्ता एक भएर महाधिवेशनमा होमिने विश्वास व्यक्त गरे ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।