काठमाडौं, ६ पुस । सवारी ज्यान मुद्वामा बाराको विश्रामपुर गाँउपालिकाका अध्यक्ष पक्राउ परेका छन् । सवारी ज्यान मुद्वामा फरार प्रतिवादीको आरोपमा गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका हुन् ।
राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाा जरिवानाको फैसला सुनाएको थियो ।
उनलाई आइतबारै अदालतमा हाजिरी गराई अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइनेछ । २०६१ सालमा एक वृद्धालाई आफैंले चलाएको बाइकबाट दुर्घटना भएपछि वृद्धाको मृत्यु भएको थियो।
उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो।
घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए। फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
