समाचार

उदयपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

बिजय कार्की ०३, पुस, उदयपुर ः उदयपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्य भएको भएको छ।
जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६० बर्षिय सेत बहादुर श्रेष्ठ, ५० बर्षिय ढकबहादुर स्मालीमगर र ३६ बर्षिय मिन बहादुर श्रेष्ठको ज्यान गएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिए। भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाईएको छ। बिहान ७ः३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन।

३ जना गम्भिर घाईतेलाई बाहिर रेफर गरिएको छ। भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भईरहको स्थानीय देव गीरीले बताए। नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाईको छ। घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा रहेकोले प्रहरी चौकी उदयपुरगढीबाट प्रहरी घटना स्थल तर्फ खटाईएको जिल्ला प्रहरी प्रमुख एसपी बीर बहादुर बुढा मगरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।