रौतहट २५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकामा दुुई जना पुरुषको शव फेला परेको छ । अलग अलग स्थानमा मृत भेटिएका दुवै शवको पहिचान हुन सकेको छैन ।
चन्द्रनिगाहपुर बजारमा एक जना र राजमार्गमा एक जना गरी दुई जनाको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चन्द्रनिगाहपुरको उतर भाग बजार क्षेत्रमा भेटिएको अन्दाजी ३२ वर्षीय पुरुषको शव दुर्घटनामा परेको जस्तो देखिएको छ । रातिको समयमा कुनै सवारी साधनले ठक्कर दिए पछि उक्त पुरुषको घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
