शम्भु चौधरी लहान ७ कार्तिक । सिरहाको लहान स्थित राम कुमारउमा प्रसाद स्मारक अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल ह्दय रोग निवारण संघ लहान सिरहाको आयोजनामा सम्पन्न सो शिविरमा १ सय ८५ महिला र २ सय पुरुष गरी जम्मा ३ सय ८५ जना विरामीले जाँच गराएका छन ।
शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्र, के एम सी एल्मेनी संघ तथा जर्मनबाट आएका बिशेषज्ञ टोलिद्धरा चिनी तथा मुटु रोग समबन्धि बिरामीहरुका लागी निःशुल्क सेवा प्रदान गरेका थिए ।
शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द तथा जनकपुर शाखाका प्रमुख मुटु रोग विशेषज्ञ डा राजेश साह, जर्मनीमा कार्यरत डाक्टर द्धय डा बाल कृष्ण ओरगयान र डा उनरले सेवा प्रदान गरेका थिए ।
शिविरमा सुगरको ल्यव पनि निःशुल्क प्रदान गरेको नेपाल ह्दय रोग निवारण संघ लहान सिरहाको सह अध्यक्ष प्रदिप चौधरीले बताएका छन ।