जनमुक्तिसेना पार्टीका अध्यक्ष रन्जित गुरुङले नेकपालाई बलात्कारीहरुको पार्टी भनेका छन् । उनले फेसबुक स्टाटसमा ´ नेपाल कम्युनिस्ट पार्टी बलात्कारीहरुको पार्टी हो, जनमुक्तिसेना पार्टी जनताको पार्टी हो ` लेखेका छन् ।
उनले पटकपटक उछ्रिनखल कार्यमा सहभागी हुदै अाएकाछन् । विप्लव नेकपाले नेपाल बन्दको घोषणा गरे उनले पनि अामहडताको विज्ञप्ति जारी गर्छन् । कहिले विप्लव माअोवादीसँगपार्टी एकता गर्नुपर्छ त कहिले प्रचण्ड मेरा भगवानहुन भन्दै समाजिक संजालमा अाउने र केहि केटाहरुलाई कमिसनमा चन्दा उठाउन लगाउने जस्ता कार्यमा संलग्न रहँदै अाएका छन् ।
एकातिर पार्टी खोलेर गलत क्रियाकलापमा सहभागि हुने भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा अोली, माधव नेपाल त कहिले विभिन्न प्रहरी प्रमुखहरु लगायतका नेकपाका नेताहरुसँग फोटो खिचेर फेसबुकमा सार्वजनिक गर्ने गरेका छन् । यसले रन्जित गुरुङको जनमुक्तिसेना पार्टी र सरकारसँगको रहश्य के हुन् भने प्रश्न बजारमा उठन थालेका छन् ।