• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न , ४० प्रतिशत वालवालिका कुपोषित भेटिए

नेपाल पोस्ट दैनिक
    August 9, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा २४, श्रावण सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नं. ३ र १ को स्वास्थ्य चौकीमा क्षयरोगी कुपोषित बच्चा किशोरी र गर्भवत्ती महिलाहरुमा रक्तअल्पत्ता पत्ता लगाउन माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न भएकोछ ।

सम्पन्न शिविरमा ७ सय ६५ जना बच्चामा गरीएको कुपोषण परिक्षणमा ४० प्रतिशत वालवालिका कुपोषित भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक बैधनाथ प्रसाद साहले जानकारी दिनुभएको छ । भेटीएको कुपोषित बच्चा खासगरी दलित विपन्न परिवारको भएको संयोजक साहले बताए । उहाँका अनुसार दुईटै वडामा ४ सय ६ जना किशोरी र महिलाहरुमा हेमोग्लोबीन जाँच गर्दा करीब ३० प्रतिशत महिलामा रक्तअल्पत्ता भेटीएको जानकारी दिनुभएकोछ ।

बोदेबरसाईन नगरपालिकाको सहयोगमा संचालित कार्य्रक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख आत्तिस कुमार सिंह यादवले अव कुनै पनि बालबालिका कुपोषणका कारण आकालमै ज्यान गुमाउन नपर्ने बताउनु भएकोछ । गर्भमै बच्चालाई कुपोषणबाट जोगाउनका लागी गर्भबत्ती महिलाले स्वास्थ्य स्यहारमा ध्यान दिनुपर्ने उहाँको कथन रहेको थियो ।

बच्चाहरु , किशोरी र महिलालाई त्यस्तो समस्याबाट मुक्त गर्नका लागी यस्तो शिविरको नगरपालिकाले आयोजना गरिरहेको नगरप्रमुख यादवको कथन रहेको थियो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम यादवले भने यस्ता कार्यक्रमहरु खसगरी दलित ,विपन्न परिबारका लक्षितवर्ग समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने गरेको कारण नगरपालिकाले चासो राख्ने गरेकोछ ।

संचालित शिविरमा पोसिलो खाना , स्वास्थ्य पोषण शिक्षा, वाल भिट्टा लगायत विभिन्न किसिमको औषधीहरु निशुल्क रुपमा वितरण गरिएको नगरपालिकाका स्वास्थ्य सह संयोजक अजय कुमार नेपालले बताउनुभयो । उहाँका अनुसार घरदैलो कार्यक्रम समेत संचालन भएको जानकारी दिनुभएकोछ ।

छुटेका वडाहरुमा भदै १ देखी १० सम्म पुनः शिविर संचालन हुने नगरपालिका श्रोतबाट जानकारी प्रप्त भएकोछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑