• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डन्डिफोरले बिगार्न सक्छ अनुहारको सौन्दर्य ,कसरी हटाउने त ?

नेपाल पोस्ट दैनिक
    July 23, 2019  मा प्रकाशित

Spread the love
      

टिनएजमा सबैलाई डण्डिफोर आउँछ । यद्यपि, अहिले डण्डिफोर आउन कुनै उमेर समुहको हुनै पर्दैन । गर्मी मौसममा जो कोहिलाई पनि डण्डिफोर आउन सक्छ । डण्डिफोरले महिला अथवा पुरुष पनि भन्दैन, किशोर-किशोरी पनि भन्दैन । छालामा हुने रोमछिद्रलाई डेडसेलहरुले बन्द गरिदिएपछि त्यही ठाउँमा डण्डिफोर आउँछ ।

डण्डिफोर प्राय अनुहारमै आउने भएकाले यो कसैलाई पनि मन पर्दैन । अनुहारको रौनक नै बिगार्ने भएकाले हामीलाई डण्डिफोर आएको मन पर्दैन । अझ कतिपय डण्डिफोरको त दाग नै बस्छ, जसलाई सहजै हटाउन सकिंदैन । डण्डिफोर आएको बेला केही कुरामा ध्यान दिन सकियो भने यसले भविष्यमा सताउन सक्दैन ।

सावधानी

-डन्डिफोरलाई हातले सोझै छुनु हुँदैन । यदि छोइयो भने तुरुन्तै हात धुनुपर्छ । यदि तपाईंले उक्त हात नधोइ अनुहारको कुनै ठाउँमा छुनु भयो भने त्यही ठाउँमा डण्डिफोर आउन सक्छ ।

-डण्डिफोरलाई निचोर्न अथवा कोट्याउने गल्ति गर्नु हुँदैन ।

-अनुहार सफा गरेपछि पुछ्नका लागि सफा रुमाल अथवा तौलियाको व्यवस्था गर्नु पर्छ ।

-राति सुत्नु भन्दाअघि अनुहारको मेकअपलाई सफा पानीले पखाल्नु पर्छ ।

-हार्माेनमा आउने परिवर्तन तथा महिनावारीको गडबडी पनि डण्डिफोरको कारण बन्न सक्छ । .त्यसका कारण तपाईंलाई हरेक महिना डण्डिफोर आइरहन्छ भने एक पटक चिकित्सकलाई भेट्दा पनि फरक पर्दैन ।

-अनुहारमा लगाइने कस्मेटिक प्रोडक्टहरु परिवर्तन गरिरहनु हुँदैन ।  कस्मेटिकले छालालाई नकारात्मक प्रभाव पारेकै हुन्छ । त्यसैले एउटा प्रोडक्टले छाला कतिसम्म प्रभाव पारेको छ भन्ने कुरा परीक्षण गर्नका लागि समेत कम्तिमा एक महिनाको समय दिनै पर्छ ।

डण्डिफोरलाई हटाउने घरेलु उपायहरु

आइस क्यूब

आइस क्यूबले डण्डिफोरबाट छुटकारा पाउन सकिन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन । आइस क्यूबले डण्डिफोर आएको ठाउँमा हल्का मजास गर्दै केही समय त्यहीं राख्नु पर्छ । यो कार्य दिनमा तीन-चार पटक गरियो भने डण्डिफोरबाट मुक्ति पाउन सकिन्छ ।

मह

अनुहारको चमक कायम राख्न प्रयोग गरिने मह डन्डिफोरका लागि पनि उपयुक्त छ । यसले तेल ग्रन्थिमा गएर छिट्टै असर देखाउन थाल्छ । कटनको पातलो कपडालाई महमा डुबाएर डन्डिफोर भएको ठाउँमा आधा घन्टाजति राखिदिने अनि पछि मन तातोपानीले अनुहार सफा गर्नाले डण्डिफोरको समस्या कम हुन्छ ।

कागती

कागतीका रसका फाइदाहरु धेरै छन् । कागतीबाट मोटोपन घटाउन, अनुहारलाई चम्किलो बनाउनदेखि डण्डिफोरको उपचारमा समेत प्रयोग गर्न सकिन्छ । सुतीको पातलो कपडालाई कागतीमा रसमा डुबाएर राती सुत्नुभन्दा अघि डण्डिफोर आएको ठाउँमा राख्नु पर्छ । बिहान उठेर चिसो पानीले अनुहार धुनाले डण्डिफोरको समस्या कम भैसकेको हुन्छ ।

टुथपेस्ट

डण्डिफोरको उपचारमा टुथपेस्ट अति नै प्रभावकारी मानिन्छ । टुथपेष्टले डण्डिफोर कम गर्न सहयोग पुर्‍याउँछ । राती सुत्नुभन्दा अघि डण्डिफोर आएको ठाउँमा टुथपेष्ट लगाउने अनि बिहान चिसो पानीले अनुहार सफा गर्नाले डण्डिफोरलाई कम गर्न सकिन्छ ।

लसुन

लसुन पनि डण्डिफोरको उपचारमा प्रभावकारी मानिन्छ । लसुनलाई बोक्रा छोडाएर दुई टुक्रा बनाउने अनि डण्डिफोर आएको ठाउँमा केही मिनेट दल्नु पर्छ । लसुन दलेको केही मिनेटपछि सफा पानीले अनुहार सफा गर्नु पर्छ ।

बेकिङ सोडा

बेकिङ सोडा पनि डन्डिफोरको घरेलु उपचारमा प्रभावकारी मानिन्छ । बेकिङ सोडाले अनुहारलाई तैलिय हुनबाट जोगाउँछ भने मृत सेलहरुलाई पनि हटाएर अनुहारलाई ताजा बनाउँछ । एक चम्चा बेकिङ सोडामा कागतीको रस मिसाएर बनेको पेस्ट डन्डिफोर आएको ठाउँमा लगाउने र केही समयपछि सफा पानीले सफा गर्ने । यसले तपाईंको डण्डिफोर कम गराउँछ ।

दही

दहीको प्रयोगबाट पनि हामीले डण्डिफोरलाई हटाउन सक्छौं । दहीमा कागतीको केही थोपा रस मिसाएर अनुहारमा लगाएर १५ मिनेटपछि धुनुपर्छ । यसलाई दिनमा दुई पटक गर्न सकियो भने डण्डिफोरबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

फिटकिरी

फिटकिरीको आधा चम्चा धुलोमा त्यति नै मात्रामा कागतीको रस तथा उत्तिकै पानी मिसाएर अनुहारमा लगाउनले पनि डण्डिफोर कम हुन्छ ।

घिउकुमारीको रस (एलोभेरा)

घिउकुमारी अर्थात एलोबेराको रसले पनि डण्डिफोर हटाउन मद्दत गर्छ । डण्डिफोर आएको ठाउँमा घिउकुमारीको रस दलेर २० मिनेटपछि सफा पानीले धोएमा डण्डिफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसो त घिउ कुमारीले अनुहारलाई सफा, दागरहित बनाउन समेत सहयोग पुर्‍याउँछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑