प्रदेश २ · समाचार

जेनेरेटरबाट आगलागि सिरहाको नापी कार्यालयको सर सम्मान जलेर नस्ट

महेश सिंह महतो सिरहा, श्रावण ३ । सिरहामा आज भीषण लागि आग्लागी भएको छ । सिरहाको जिल्ला नापी कार्यालयम सिरहामा आग्लागी भएको छ ।

भरयाङ्गको छेउमा स्टोर रुम नजिक राखिएको जनरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिरहाका प्रमुख गिरीश कुमार लाल कर्णले बताउनु भयो ।

स्टोर रुम संगै टासिएर राखिएको जनरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले सो आजगनी भएको प्रमुख कर्णले बताए । आगलगीबाट काम नलागने पुरा फाइल तथा जनरेटर पूर्ण रुपमा जलेर नष्ट भएको बताए ।

आगो कर्मचारी, प्रहरी र वारुयन्त्रणको सहयोगमा एक घन्टा पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।

आगलगीबाट कुनै किसिमको मानवीय क्षती नभएको प्रमुख कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।