वीरगंज ११ बैशाख।प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशले यो देशको राजनीतिमा अस्थितरता ल्याएको छ । सत्तारुढ नेकपाका ठुला देखि साना कार्यकर्ताहरुले विरोध जनाउदा सरकारको यो कदमले नेकपामा नै टुटफुटको राजनीति हुने सम्भावना देखिएको छ।
ने क पा को अहिलेको सरकारले समाजवादी र साना पार्टीहरु लाई फुटाउने योजना सहित यो अध्यादेश पास गराएको हुन सक्ने आरोप लगाएका छन। कोरोना महामारी भएको समयमा देश एकजुट भएर लडनु पर्ने बेला सरकार टुटफुटको राजनीतिमा लागेकोमा प्रतिपक्षी प्रतिपछ मात्र नभएर सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नरायणकाजी श्रेष्ठ, भीम रावल लगायतका धेरैले यो अध्यादेशको आलोचना गरिरहेका छन।
सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गरेपछि अब केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुगे दल विभाजन गर्न र नयाँ दल दर्ता गर्न मिल्ने र समाजवादी पार्टी फुटाउने सोचले सरकारले दल फुट्ने सम्बन्धी अध्यादेश ल्याएको छ।
समाजवादी विभाजन भएमा प्रदेश २ सरकारबाट पनि समाजबादिपार्टी विस्थापित हुनसक्ने भएकोले प्रदेश २ मा सरकार ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीको योजना हुने आरोप लागेको छ । साथै राजपालाई पनि विभाजित गर्न सजिलो हुनसक्ने राजनितीक कार्यकर्ताको बुझाइ रहेको छ ।
