गौशाला १ वैशाख।काेराेना भाईरस महामारीकाे कारण किसानहरु सब भन्दा वढि प्रभावति भएका महाेत्तरी जिल्लाका गाैशाला नगरपालिका स्थित रहेका किसानहरुले बताएका छन ।
लक डाउन भएकाे कारण किसानले उव्जाएकाे तरकारी खेतमा कुहिरहेकाे किसानहरु जनाएका छन ।वजार तथा यतायात बन्द भएका कारण मानिसहरु अावतजावत बन्द भएकाेले तरकारी विक्रि हुन नसकिरहेकाे वडा न. ११ का श्याम सुन्दर महताेले वताए ।
एक विघामा ऋण लिएर गरेकाे तरकारी खेति त्यतिकै खेतमा कुहिरहेकाेले घर परिवारमा चिन्ताले छाईएकाे छ ।ग्रामिण क्षेत्र भएकाेले सम्सी ,साेनमा,रामगाेपाल रअाैरहि पालिकामा रहेकाे किसानहरुकाे यस्तै किसिमका पिडारहेका उनिहरुले जनाएका छन ।
यति मात्र हाेईन किसानले पालेकाे गाई ,भैंसीकाे दूध वजार बन्द भएकाे कारण विक्रि वितरण बन्द भएका कारण उहाँहरु पनि चिन्तामा परेका छन ।तर किसानहरुकाे समस्या बडाे जटिल भएकाेले निकट भविष्यमा समाधान गर्ने साेचमा रहेकाे पालिकाहरुले जनाएका छन ।