प्रदेश १ · मुख्य समाचार

पक्राउ परेका नेपाल आदिबासी जनजाति महासंघका कार्यकर्ता रिहा

नविन दहाल ईटहरी ५ साउन । प्रहरीले पक्राउ गरेको इटहरीबाट बन्द गराउदै हिंड्ने पर्दशनकारीलाई रिहा गरेको छ । लोक सेवा आयोग विरुद्द आन्दोलन गर्दै हिंडेका नेपाल आदिबासी जनजाति महासंघका दर्जनौ कार्यकर्तालाई रिहा गरेको हो ।

परिवर्तनबाट स्थापित सकारात्मक विभेद  (आरक्षण) लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा निस्किएको आदिवासी जनजाती महांसघ प्रदेश नं १ ले बन्दको कार्यक्रम आयोजना गरेको थियो  । बन्द गराउदै हिंडेका सुनसरी अध्यक्ष राम राई सहित दर्जनौ आदिवासिका नेता कार्यकर्तालाई बिहान मनशान्त होटलबाट निकाल्न लागिएको र्यालीबाट प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल आदिबासी जनजाति महासंघका दर्जनौ वेलुकी ३ बजे पक्राउ परेका कार्यकर्ता तथा नेताहरु रिहा हुनुपर्ने माग राख्दै नारावाजी गरेको थियो

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।