प्रदेश २ · समाचार

लहान १२ द्वारा अति विपन्न परिवारलाई राहत वितरण

शम्भु चौधरी लहान १८ चैत्र । लहान नगरपालिका १२ नम्बर वडा कार्यालयले यति विपन्न घर परिवारलाई राहत स्वरुप चावल ३ केजिका दरले २ सय ३५ घरपरिवारमा राहत वितरण गरिएको छ ।
नेपाल सरकारले लगाइएको लक डाउनमा अति वपिन्न परिवारहरु पेट पाल्न समेत कठिनाइ भईरहेको अवस्थामा सो राहत वितरण गरीएको हो । प्रथम पटक यो राहत वितरण गरिएको लहान १२ का वडा अध्यक्ष बद्रि नारायण चौधरीले बताएका छन् ।
विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ बाट बच्न सचेतना मुलक कार्यक्रमसंगै वडा भित्र रहेका ६ सय घर धुरीलाई माक्स र साबुन बितरन गरीसकेको वडा अध्यक्ष चौधरीले बताएका छन् ।
आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्दै यस महामारीबाट बच्न वडाका सवै जनतामा आग्रह समेत गरेका छन् ।