प्रदेश २ · समाचार

लहानको किराना पसलमा आगलागी, २० लाख बराबरका सामान जलेर नस्ट

लहान १८ चैत । लहान नगरपालिका ५ नयाँ बजारमा मंगलबार बिहान चारवटा किराना पसलमा आगलागी भएको छ ।

आगलागीबाट करिब २० लाख रुपैयाँबराबरका सामान जलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार लहान नगरपालिकाले निर्माण गरी खुद्रा व्यापारीलाई भाडामा सञ्चालन गर्न दिएको टहरोमा बिहान करिब दुई बजेतिर आगलागी भएको थियो ।

लहान– ५ का रामचन्द्र गुप्ताको जयलक्ष्मी किराना, लालबाबु दासको हार्डवेयर, लखन सहनीको उमेश किराना र मनोज गुप्ताको किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा पसलमा भएको हार्डवेयर, किराना सामान, टिभिएस कम्पनीको अपाचे मोटरसाइकलसहितका समानहरू जलेर नष्ट भएको छ ।

आगलागी लहान नगरपालिकाबाट आएको वारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ४ बजेतिर नियन्त्रणमा लिइएकाे थियो ।

आगलागीकाेे कारणा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  नयाँ पत्रिकाबाट