प्रदेश २ · समाचार

ट्याकटर दुर्घटनामा परि बालकको मृत्यू

जनकपुरधाम ९ चैत । धनुषामा ट्याक्टरको ठक्करबाट एक चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सितामढी घर भएका भोला नायकका चार वर्षीय छोरा आयुषकुमार साह छन् ।

शनिबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरस्थित ज १ त ३०१९ नं। को ट्याक्टरले ठक्कर दिँदा घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको छ । टुडेपाटिबाट