अन्तर्राष्ट्रिय · समाचार

पत्रकारलाई पनि काम गर्न प्रतिबन्ध लगाए

चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ । उक्त कदम अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको” प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ ।

चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमासमेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउने गरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।