प्रदेश २ · स्वास्थ्य

किसोरी, गर्भवती महिलालाई स्वास्थ्य तथा प्रजनन सम्बन्धि तालिम शुरु

आरोहण शाह वीरगञ्ज ३० फागुन । पर्साको बिन्दवासनी वडा नम्बर ३ मा किसोरी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य तथा प्रजनन सम्बन्धि तालिम शुरु भएको छ ।

वडा नम्बर ३ झौवामा भएको तालिम चैत्र ४ गते सम्म संचालन हुने छ । वडा नम्बर ३ का वडा अध्यक्ष सलमा खातुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ता रहनुभएको थियो । कार्यक्रममा किसोरी र महिलाहरुको स्वास्थ्य प्रजनन तथा पोषण सम्बन्धि तालिम लिई घर परिवारमा लागु गर्न सहभागिहरुलाई उपाध्यक्ष गुप्ताले आग्रह गर्नुभयो ।

बिन्दवासनी गाँउपालिकाको सहयोग र बिन्दवासनी डेभलप्मेन्ट एण्ड स्किल प्रालिको आयोजनामा भएको कार्यक्रममा निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, शिक्षा अधिकृत कपिल लामिछानेले आ आफनो धारणा राख्नुभएको थियो । तालिमको सहजीकरण गर्भु साहले गर्नुभएको थियो । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

यसैगरी पर्साको बिन्दवासनी गाँउपालिकमा हिजो देखि शुरु भएको पालिका स्तरीय आधारभुत कक्षा ८ को बार्षिक परिक्षाको आज दोश्रो पनि अनुगमन गरिएको छ । आज गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ता, निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, शिक्षा अधिकृत कपिल लामिछानेले श्री नेपाल राष्टिय माध्यमिक बिद्यालय गर्दौल र मसरुर पब्लिक अधारभुत बिद्यालय प्रसौनी भाठामा भएको परिक्षाको अनुगमन गर्नुभएको हो ।

विश्वभरि कोरोना भाईरसको भयावह स्थितिलाई मध्यनजगर गर्दै शिक्षा मन्त्रालयले चैत्र ५ गते सम्म बिद्यालय स्तरीय परिक्षा सम्पन्न गर्ने जारी गरेको निर्देशन अनुसार हिजो देखि परिक्षा शुरु गरिएको छ अनुगमनको क्रममा गर्दौल बिद्यालयमा कक्षा ८ मा ५१ जना, प्रसौनी भाठा बिद्यालयमा १६ जना बिद्यार्थीहरुले परिक्षा दिईरहेको शिक्षा अधिकृत कपिल लामिछानेले जानकारी दिनुभयो ।

परिक्षा चैत्र ५ गते सम्म संचाल्न हुने शिक्षा अधिकृत लामिछानेले बताउनुभयो ।