प्रदेश २ · समाचार

पर्साको लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउमा

पर्सा २७ फाल्गुन । पर्सामा प्रहरीले लागूऔषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–३ बस्ने ४५ वर्षीय किशोरी राउत कुर्मी छन् ।

जिल्ला अदालत पर्साले ०७६ कात्तिक २९ गते कुर्मीलाई लागूऔषध गाँजा र चरेश मुद्दामा ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फरार प्रतिवादी कुर्मीलाई आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । कुर्मीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सा पठाइएको छ ।१२ खरिबाट