सप्तरी सम्वादाता २४ आषाढ । सामुदायिक ट्राफिक प्रहरी साझेदारी कार्यक्रम अन्तर गत संचालित सो जनचेतना कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयका छात्र – छात्राहरु ले मादक पदार्थ सेवन गरि सवारी नचलाऔ ,ओभरटेक नगरौं ,ट्राफिक नियम को पालना गरौं!क्षमता भन्दा बढि यात्रु नबोकौ लेखेको प्लेकार्ड बोकी राजबिराज न- पा – परिक्रमा गरेको जिल्ला ट्राफिक कार्यालय शम्भु नाथ , सप्तरी का प्रहरी निरीक्षक छवि रमन भट्टराइले बताएका छन।
बढदो सडक दुर्घटना न्यूनिकरणका लागि जिल्ला जिल्ला ट्राफिक कार्यालय शम्भु नाथ , सप्तरी ले राजबिराज न- पा – मा ट्राफिक जनचेतना कार्यक्रम सप्पन्न गरेको छ।
वहाँ ले सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरबाही, मादक पदार्थ सेवन गरि सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढि यात्रु बोक्ने, सडक सांघुरो, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण भएको सो कार्यक्रम मा बोल्दै ट्राफिक जनचेतना कार्यक्रम सरप्राइज चेकिङ, जेब्राक्रसिङ्ग निमार्ण, सवारी चालकहरुको स्वास्थ परिक्षण, बिधालय सम्र्पक कार्यक्रम,तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनिकरणका लागि लगातार प्रयास गरि रहेको प्रहरी निरीक्षक छवि रमन भट्टराइले बताएका छन।