नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २

सप्तरीको मोटरसाइकल दुर्घटनामा, सिरहाका चौधरीको मृत्यू

सप्तरी सम्वादाता २२ अषाढ । सप्तरीको खडक नगरपालिका ५ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको ग.१ ख.३७८८ नम्बरको बसले पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स .११ प. ९८६ नं. को मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक सिरहाको धनगडी नगरपालिका १ बस्ने बर्ष ३० को बिरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए ।

दुर्घटनामा घाईते चौधरीको उपचारको लागी रामकुमार उमा स्मारक अस्पताल लहानमा पठाईएकोमा बाटोमै मृत्यु भएको हो ।

यता चालकसहित बस प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।