प्रदेश २ · समाचार

बाँदरले मच्चाएको आतंकबाट महोत्तरीको किसान पिडित

नरेन्द्र महतो गौशाला ८ फाल्गुन । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बाँदरले आतंक मचाएका छन ।

यसै पालिका भित्र वडा न. ९ डुवरवन्हामा पचिस किसानको र वडा न१०, ११ वटौवामा पचास किसानले उव्जाएको उँखु, भन्टा, आलु, सिम, हल्दी लगायत मौसमि वालि नालि नस्ट गरेको वडा न. ९कका किसान राम विनोद महतोले जनाए ।

दुई सयको हराहारिमा रहेका वाँदर दस विगहामा लगाए वालि नालि नष्ट गरेको जनाएका छन । नजदिकमा जंगल भएकोले बाँदरहरु आउने गरेका छन । पहिले आउने नगरेको तर अहिले आउन थालेकोले लगाएको वालि काटने अवस्थामा रहेकोले बाँदरको डरले खेतमा काटन जान डर लागिरहेको छ उनिहरुले बताए ।

बीउ विजन महाँगोमा खरीद गरेर वालि लगाईएको तर काटने समयमा बाँदरले आंतक मचाए पछि किसानहरुलाई दुःखित बनाईएको किसानहरुले बताए। यस वडा लगायत उत्तरी भेगमा पर्ने गाउँहरुमा पनि बाँदरले दुःख दिने गरेको छ । तर जिम्मेवार निकायहरुले कुनै ध्यान नदिएको चिन्ता व्यक्त गरे ।

बाँदर जंगलि जनावर भएकोले किसानहरुले आआफ्नो बालिनालिको सुरक्षा आफै गर्नु पर्ने भएकोले यसमा जंगल विभागले तत्काल केही गर्न नसकने बरु बाँदरलाई आउन नदिने उपायहरुको बारेमा छलफल गरि ठोस कदम चाल्ने सम्बन्धित निकायले वताए ।