गजल
दीयो बाल्न आँटी चढ्नुपर्ने म आकाशको तारा के गर्नु
घरमा त गाग्री थाप्थेँ गरिब छु संविधानको धारा के गर्नु
शहर पठाएसी सन्तानको सपना किन्न कै लागि उता
आमाको खुशी धरौटीमा छन् उस्तै छ मेरो पारा के गर्नु
उसको त बुबा -आमा बिदेश अनि घर काठमाडौँमा रे
म स्वाभिमानि गाउँले कि छोरी रहेछु कर्महारा के गर्नु
न त हिजोको भएँ,न भोलि भेट्छु आजको पनि भईँन म
आँशुको मुल्य तिर्छ कसले उस्तै छ संसार सारा के गर्नु
महलमा छीर्दा मात्र के आफुलाई भाग्यमानि सम्झिनेहरू
उस्तै छ आमाको हालत शब्दमा सिमीत नारा के गर्नु
“प्रतिक्षा नेपाल”
