समाचार

मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ

काठमाडौं / काठमाडौंको वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विप्लव कुँवर र रावल श्रेष्ठ शिल्पकार छन्।

कुवर र शिल्पकारले गत माघ २४ गते बिहान बा २१ च ९६१८ का मारुती भ्यानका चालक खिलबहादुर रानामाथि वसुन्धरामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाइते रानाको अवस्था गम्भीर छ।

महानगरीय प्रहरी वृत्तका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ परेका कुँवर र शिल्पकारविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।