धर्म-संस्कार · प्रदेश २

जोतपुर गम्हरियामा श्री लक्ष्मी नारायण सिताराम विष्णु महायज्ञ शुरु

आरोहण शाह  बारा २९ माघ । श्री श्री १००८ श्री लक्ष्मी नारायण सितारा विष्णु महायज्ञ शुरु भएको छ ।

फोटा गाउँपालिका वडा नम्बर ७ जोतपुर गम्हरिया बाराको आयोजनामा आजदेखि ९ दिन सम्म महायज्ञ सन्चालन हुने समितिले जनाएको छ ।

महायज्ञको उदघाटन प्रदेश नम्बर २ का भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनाल गर्नु भएको थियो । मन्त्री सोनालले मानव कल्याण र लाभदायक यस महायज्ञले गर्ने र सबै धर्म वर्गलाई समेतने गर्छ यसले सबै समुदायको इश्वरले कल्याण गर्ने धारण राख्नभएको थियो ।

उहाँले यस महायज्ञबाट आर्य आर्जन भएको रकमले बिधालय र सामाजिक कार्यमा खर्च हुने भएकोले प्रदेश सरकार सकारात्मक रहेको मन्त्री सोनालले बताएका छन् ।

महायज्ञमा करिब २५ लाख खर्च हुने समितिका कोषाध्यक्ष सुरेश दुवेले बताए ।

महायज्ञको उदघाटन समारोहमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव बारा क्षेत्र नम्बर ३ का सासद पारस साह फेटा गाउँ पालिका प्रमुख अमिरिलाल साह कलवार एवम् विभिन्न समाजसेवी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।