नबिन दहाल इटहरी ईलाका प्रहरी कार्यलय इटहरीले हराएका ३६ थान मोवाईल सेट फेला पारी सम्वन्धित धनीहरुलाई वुझाएको छ ।
२०७६ साल बैशाख देखी प्रहरी कार्यालय ईटहरीमा हराएका तथा चोरी भएका मोवाईलहरु खोजीको लागी निबेदन परेको र हाल सम्म २३१ थान सम्वन्धित धनीहरुलाई वुझाईसकेका ईलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।
इटहरीमा शाखा स्थापना भए पश्चात शाखालाई थप सक्रिय बनाबनाएर हराएका मोबाईल फोन खोजी गर्दा हालसम्म विभिन्न व्राण्डका रु ४७,५२,८९० मुल्य पर्ने
वरावरको १९५ थान मोबाईल सम्बन्धित धनिलाई वुझाई सकेको साथै माघ २७ गते विभिन्न व्राण्डका ३६ थान हराएका मोवाईल सेट फेला पारी सम्वन्धित धनीहरुलाई वुझाएको र फेला पारिएको ३६ थान मोवाईलहरुको वजार मुल्य रु ८,३३,६३० रहेकोईलाका प्रहरी कार्यलयले बताएको छ । यो सगै हालसम्म फेला परी सम्बन्धित धनिलाई बुझाएका मोवाईल सेट थान २३१ पुगेको छ भने उक्त मोबाईल फोनहरुको बजार मुल्य ५५,८६,५२० रहेको छ ।
हराएका मोवमईल फोनहरु खोजी तथा अनुसन्धान गर्ने क्रममा मोबाईल सेट चोरी गर्ने १० जनालाई चोरी गरेको मोबाईल सेट सहित पक्राउ गरीएको र उनिहरुलाई मुद्दा समेत चलाईएको ईलाका प्रहरी कार्यलय इटहरीले बताएको छ ।
