नरेन्द्र महतो गौशाला २७ माघ । नेपालले सन१९९० मा थाईल्यण्डमा आयोजना भएको सबैको लागि शिक्षा सम्बन्धि अन्तराष्ट्रिय मंचमा प्रतिवद्वता जाहेर गरे देखि नै नेपाल सरकारले सबै बालबालिकाहरुलाई सर्व सुल्भ शिक्षा प्रदान गर्न अथक प्रयास गर्दै आएको छ तर शिक्षा मंत्रिको जिल्लामा अधिकांस विधालयहरुमा शिक्षकको अभाव रहेको छ ।
पढाई लेखाइ गुण स्तरिय हुनु पर्नेमा त्यस्तो नभएको विधार्थीहरुले गुनासो गरेका छन । शिक्षा मंत्रि महोत्तरी जिल्लाको क्षेत्र न। १ प्रत्क्षय तर्फ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रहेका छन तर विधालयहरुको स्थिति विहाल रहेका छन । कुनै पनि विधालयमा भरपुर शिक्षकहरु रहेका छैन तर विधार्थीको संख्या अधिक रहेको तर शिक्षक विषयगत नभएको कारण तलको कक्षा बाट शिक्षक लिएर अध्यापन गराई बाध्य रहेको गौशाला न. पा. वडा न. ८ मा. वि. बेलगाछिका प्र.अ. भरत सिंह दोषिले बताए।
यस जिल्लामा मा। वि. ८४ नि. मा. वि. ५७ र प्र. वि. २३३ विधालय रहेका छन जसको लागि २८५० शिक्षक हुनु पर्नेमा २४०० सयको हराहारिमा रहेको शिक्षा सवन्मय समितिले जनाएका छन । विधालयहरुमा चार सय पचास शिक्षकको दरबन्दि कम रहेको छ । शिक्षा मंत्रि यसै जिल्लाको भए पनि कक्षा अनुसार शिक्षक नभएकोमा शिक्षा विद्वहरुले गुनासो गरेका छन ।
पढाउने शिक्षक छैन भने गुणस्तरी शिक्षा काहाँ बाट आउँछ प्रति उनिहरुले प्रश्नन गरे ? शिक्षा मंत्री जति भाषण गर्नु त्यो सबै गफ मात्र रहेको छ । विधालय खोलेर हुँदैन ,विधालयमाअध्यनपन गराउने शिक्षक हुनु पर्छ । नेपाललाई २०३० सम्म साक्षर देश घोषणाको लागि विधालयअनुमति मात्र दिएर हुँदैन यसको लागि पुर्वाधारको व्यवस्था गरेर अगाडि बढे शिक्षामा गुण स्तरीय आउने थिए ।
अहिलेको स्थानिय निकायको प्रतिनिधिहरुले राम्रो शिक्षक होईन हाम्रो शिक्षकको अवधरणा बनाएर गएकोले शिक्षामा गुण स्तरीय कायम हुन नसकेको प्राःय वुद्विजिविहरुले जनाएका छन ।
संघिय सरकारले स्थानिय सरकारलाई निजि श्रोत वाट शिक्षक नियुक्ति गर्ने अधिकार दिएकोले त्यो अधिकारका प्राःय सदुपयोग नभएर दुरुपयोग भईरहेको छ । शिक्षा नभई नहुने हो तर सरकारले सामुदायिक विधालयमा शिक्षामा लगानि गरे पनि सुधार नआएकोमा अभिवाकहरुले चिन्ता गरेका छन ।
